×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त

Artha Sarokar

४ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच मिति भदौ ३१ गते बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुन् ।

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक सेयर निष्कासन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भईसकेको अवस्था रहेको छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।
अब चाँडो भन्दा चाँडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी