काठमाडौं । भारतबाट यसै साता १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदैछ। आठ महिनाअघि प्राप्त भइसक्नुपर्ने सो खोप यही शनिबार नेपाल ल्याइपुर्याइने स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख उपेन्द्र ढुंगानाले सरकारले गत फागुनमा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियालाई रकम भुक्तानी गरेर पनि आउन बाँकी १० लाख डोज खोप शनिबारसम्ममा आइपुग्ने जानकारी दिएका हुन् ।
कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि भारतमा धेरै जनसंख्या प्रभावित हुँदा त्यहाँको सर्वोच्च अदालतले खोप आफ्ना नागरिकलाई दिएर मात्र अन्य देशमा निर्यात गर्न आदेश दिएको थियो। त्यसैलाई कारण देखाएर कम्पनीले सो खोपको नेपाल निर्यातलाई स्थगित गरेको थियो। भारतबाट ल्याइने सो खोप पहिलो डोजका रूपमा कोभिसिल्ड वा अस्ट्राजेनिका लगाएकाहरूलाई दोस्रो डोज दिने र अन्य समूहलाई पनि क्रमशः दिँदै जाने तयारी भइरहेको ढुंगानाले जानकारी दिए ।
खोप अभियान कहिले सञ्चालन हुने भन्ने कुराको भने यकिन नभइसकेको उनले बताए। यसअघि नेपाललाई भुटान, जापान र बेलायतबाट प्राप्त अस्ट्राजेनिका पनि पहिलो डोज पनि दिइएको छ। पहिला कोभिसिल्ड लगाएर दोस्रो डोज लाउन नपाएका ज्येष्ठ नागरिकहरूलाई पनि दोस्रो डोजका रूपमा अस्ट्राजेनिका खोप दिइएको थियो । दसैं आइसकेकाले पहिलाकै अभियानलाई निरन्तरता दिने वा दसैंपछि मात्र खोप सुरु गर्ने दुवै सम्भावना रहेको ढुंगानाको भनाइ छ । महाशाखाका अनुसार १२ देखि माथि १८ वर्षमुनिकालाई दिने भनिएको फाइजर खोप पनि दसैंपछि १ लाख डोज नेपाल आइपुग्नेछ।
अमेरिकामा उत्पादित माइनस ९० डिग्रीमा भण्डारण गर्नुपर्ने सो खोपका लागि आवश्यक रेफ्रिजेरेटर युनिसेफले व्यवस्थापन गरिसकेको महाशाखाले जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत आइपुग्ने सो खोप सुरुमा भण्डारण अनुभवका लागि उचित हुने कोभिड-१९ खोप सल्लाहकार समिति सदस्य डा। श्यामराज उपे्रतीले बताए। १८ वर्षमुनिका बालबालिकालाई दिने प्रयोजनका लागि नेपालले ६० लाख खोप किन्ने सम्झौता भइसकेकोमा आवश्यक भण्डारणका लागि दातृ निकायले नै रेफ्रिजेरेटरको सहयोग गरिरहेको महाशाखाले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्