भारत । देशव्यापी खोप अभियान अन्तर्गत भारतमा हालसम्म ९० करोड ७९ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । बितेको २४ घण्टामा मात्रै भारतमा कूल २३ लाख ४६ हजार डोज खोप लगाइएको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार राज्य र केन्द्र शासित प्रदेशहरूलाई अहिलेसम्म ८९ करोड ८९ लाख डोज खोप नि: शुल्क उपलब्ध गराइएको छ भने राज्यहरूसित अझै पनि ५ करोड ६७ लाख डोज खोप उपलब्ध रहेको छ ।