काठमाडौं । मुक्तिनाथ क्यापिटलको स्वामित्वमा रहेको ज्योति विकास बैंक र प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्ने कात्तिक ३ गते बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र आवेदन दिईसक्नुपर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि ज्योतिको २९ हजार २५० कित्ता र प्रभु इन्सुरेन्सको ६ हजार ३६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
जसमा लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १४५ रुपैयाँ र प्रभुको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्ने भएका छन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलल हात्तिसारमार्ग कमलादी काठमाडौंमा बुझाउन सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्