काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले लगानीकर्तालाई १५.७८% लाभांश दिने निर्णय गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद गरी कुल १५.७८९% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सो लाभांश राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । बैंकले हाल कामय ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पूँजीमा १५% बोनस प्रस्ताव गरेको हो ।
