×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फेरि अन्तर्राष्ट्रिय विवादमा तानियो पाकिस्तान, टर्किश कम्पनीले गुहार्यो विश्व बैंक

इस्लामाबाद । पाकिस्तान फेरि अन्तर्राष्ट्रिय विवादमा तानिएको छ । इस्लामावादपेशावर मोटरवे (एम१) परियोजनालाई लिएर पाकिस्तानले अन्तर्राष्ट्रिय लगानी विवाद समाधान केन्द्र (आईसीएसआईडी) को सामु फेरि अन्तर्राष्ट्रिय विवादको सामना गरिरहेको छ । यस पटक फेरी पाकिस्तानविरुद्ध टर्कीश निमार्ण कम्पनीले मुद्दा लडिरहेको छ ।

आईसीएसआईडी विश्व बैंक समूहको एक हिस्सा हो र अन्तर्राष्ट्रिय लगानीकर्ताहरुबीच विवादलाई सम्बोधन गर्दछ । यद्यपि बेइन्दीर इन्साट टुरिज्म टिकरेटले सुरू गरेको मुद्दाको विवरण दुर्लभ भएको र सर्वोच्च अदालतको परिसरमा महान्यायाधिवक्ता कार्यालयभित्र राखिएको अन्तर्राष्ट्रिय विवाद इकाई (आईडीयू) ले मुद्दालाई कडाईका साथ अगाडि बढाउने र देशको हितको रक्षा गर्ने बताइएको छ ।

सन् १९९५ मा टर्कीपाकिस्तान द्विपक्षीय लगानी सन्धि (बीआईटी) अन्तर्गत अंकारामा दर्ता भएको कम्पनीको अक्टोबर १२ मा दाबी दर्ता गराएको थियो । मुद्दाको विवरण अझै थाहा नभएको र दावीको मात्रा सहि यो मामिलामा निर्धारित निर्णय दावीकर्ता कम्पनीको पक्षमा आउनुपर्ने बताइएको छ । दाबी विवरण गोप्य राखिएको भए पनि आईसीएसआईडीको वेबसाइटमा राखिएको सूचना अनुसार राजमार्ग निमार्णको लगानीसम्बन्धी विवाद रहेको स्पष्ट भएको छ ।

बायइन्दर एउटै कम्पनी हो, जसले पहिले पाकिस्तानविरुद्ध सन् २००३ मा एउटै बीआईटीअन्तर्गत दाबी पेश गरेको थियो। त्यो मामला इस्लामाबाददेखि पेशावरसम्मको ६ लेनको सडक निमार्णको ठेक्कासम्बन्धी विवाद हो । टर्की लगानीकर्तालाई परियोजनाबाट निष्कासित गरियो । स्विट्जरल्याण्डका गेब्रिएल कफम्यान कोहलरको अध्यक्षतामा रहेको र बेलायतका फ्रैंकलिन बर्मन र जर्मनीका कार्ल हेन्ज बेक्स्टिगेलको नेतृत्वमा रहेको एक न्यायाधिकरणले २०० को अवार्डमा उक्त मुद्दा खारेज गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: