×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा आशा र स्वरोजगार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा आशा र स्वरोजगार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अबको भाउ कति ?

Artha Sarokar

१२ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आशा र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले आशा लघुवित्तको २५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो भने स्वरोजगार लघुवित्तको पनि २५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।
नेप्सेले आशाको बोनस सेयर समायोजनपछिको भाउ १५ सय १९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ भने स्वरोजगारको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । सोही मूल्यका आधारमा आइतबार दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ ।
यस्तै आशा लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५% बोनस सेयर र कर प्रयोजनसहित १.३१% नगद गरी कुल २६.३१५ लाभांश वितरण गर्दैछ । यता स्वरोजगारले २०७७/७८ को नाफाबाट २५% बोनस सेयर वितरण गर्दैछ ।
दुवै कम्पनीको सभा कात्तिक २७ गते बस्दैछ । सभा तथा लाभांश प्रयोजनको लागि दुवै कम्पनीले आज कात्तिक १२ गते बुक क्लोज गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी