काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रोनिक कम्पनीको २१औं र २२औं वार्षिक साधारणसभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको रजिष्टर्ड, कार्यालय काठमाडौंमा बिहान ९ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्तावलगायतका प्रस्ताव पारित गर्नेछ ।