Skip to content
LAXMI SUNRISE BANK

आशा लघुवित्त र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम मौका, कसको साधारणसभा कहिले ?

अर्थ सरोकार

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि बिहिबार अन्तिम दिन रहेको छ । दुबै कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १२ गते बुक क्लोज गरेसँगै भोलि बिहिबारसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।
आशाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर प्रयोजनको लागि १.३१% नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २७ गते बिहान १० बजे फ एण्ड ट्रोउट भिलेज होटल एण्ड रेष्टुरेण्ट ककनी, नुवाकोटमा साधारणसभा बोलाएको छ ।
यस्तै स्वरोजगारले गत आर्थिकको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले आगामी कात्तिक २७ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साधारणसभा बोलाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK