काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओ डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सोही अनुसार कम्पनीको आइपीओले सो रेञ्ज पाउने देखेको हो ।
तेह्रथुमको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ । कम्पनीले भदौ ९ गतेबाट भदौ १३ गतेसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । ७४ हजार ४ सय जना आवेदकहरूले कम्पनीको १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको थियो । कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकरणको प्रक्रियामा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्