×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिप्पणी: अनुजमणिजी ! अजय श्रेष्ठले ‘दुख पाउँदा’, तपाईं जेल जानु परेन…, उहाँलाई ‘धन्यवाद’ भनेर राजिनामा दिनूस् !

PRIME CA
GLOBAL IME BANK

टिप्पणी: अनुजमणिजी ! अजय श्रेष्ठले ‘दुख पाउँदा’, तपाईं जेल जानु परेन…, उहाँलाई ‘धन्यवाद’ भनेर राजिनामा दिनूस् !

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । केहि समय गाडी बैंक अफ काठमान्डूको एउटा किर्ते जग्गा काण्डमा बैंकका पूर्व सीइओ अजय श्रेष्ठ हिरासतमा लामो समय बस्नुपर्यो । बैंकिङ क्षेत्रकै सार्है सोझा सीइओका रुपमा चिनिने श्रेष्ठ सो बैंकका तत्कालीन सीइओको सनकको फेला परे । र उनी लामो समय हिरासतभित्रै बस्नुपर्यो । प्रकरण थियो, नक्कली कागजात बनाएर ऋण झिकिएको थियो ।

अहिले अलि फरक तर सीइओलाई हेर्दा उही खालको अनुसन्धान हुनुपर्ने केस कुमारी बैंकमा घटेको छ । बैंकमा किर्ते कागजउपर १९ करोड ऋण दिइएको छ र पीडीत योगेश्वर अमात्यले यस विषयमा सीआइबीमा उजुरी गरेका छन् । उनको उजुरीपछी प्रहरीले ऋणी, भ्यालुएटर, र बैंकका कनिष्ट कर्मचारी, जसले मालपोत गएर सहि गरेका थिए, उनलाई पक्राउ गरेको छ । यो प्रकरणमा अलि अगाडी भईदिएको भए बैंकका कामु सीइओ अनुजमणि तिमिल्सीना जेल पुगीसक्थे । तर अजय श्रेष्ठको प्रकरणमा बैंकर्स संघ, मिडिया, राष्ट्र बैंक सबैले सीइओलाई समातेकोमा विरोध गरेपछि अहिले सीआइबीले अनुजमणिलाई पक्राउ गरेको छैन । भित्रभित्र सीआइबीलाई सबै पक्षले सबै तरिकाले कन्भिन्स गरेका छन् । कानुन नै हेर्ने हो भने अनुजमणिलाई केहि दिन अगाडी नै पक्राउ गरिसक्नुपर्थ्यो । उनी पक्राउ परेनन् । उनको नियत ठिक थिएन भने एक हिसाबले उनी पक्राउ नपरेको ठिक भयो भन्नेहरु पनि छन् ।

तर अनुजमणिले बुझ्नुपर्छ, कुमारी बैंक फगत उनका लागि एउटा जागिरमात्र होइन, लाखौँ ग्राहकको आस्थाको केन्द्र पनि हो । अनि मैले यति विश्वास गर्ने संस्थाको नेतृत्व यति विवादित व्यक्तिले गरेका छन् भन्दा भोलि कुमारी बैंकलाई अर्को ‘रेपुटेसन रिस्क हुन सक्छ । अर्कोतर्फ सीइओलाई नसमातेको मात्र हो, उनीमाथि अनुसन्धान भईनै रहेको छ । सो अनुसन्धानलाई सहज बनाउनका लागि पनि उनले थोरै मात्र नैतिकता छ भने बैंकको सो पदबाट राजिनामा दिनुपर्छ ।

बैंकिङ क्षेत्र विश्वासले चलेको संस्था हो । त्यसैले यहाँ विश्वासको खडेरी हुनुहुन्न । अव पनि अनुजमणि कुमारीमै रहिरहने हो भने, कुमारीमा ठुलो विश्वासको संकट पर्ने स्पष्ट छ । ग्राहकहरुले ‘मेरो जग्गामा कुमारी बैंक लाग्ला नि !’  भन्न थालिसके । राष्ट्र बैंकको अनुसन्धान र सीआइबीको अनुसन्धान भईरहंदा र अनुजमणि नै यो प्रकरणमा तानिएका बेला उनले राजिनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्छ । बाँकी गल्ती नगरेको भए सजाय हुने नै भएन । गल्ती गरेको भए कुनै हालतमा सजाय हुने नै भयो ।

अव आम ग्राहकले कसरी कुमारीलाई पत्याउने ? जो व्यक्ति आफैं किर्ते काण्डको अनुसन्धानमा छ, त्यसको नेतृत्वबाट हामीले के आश गर्ने ? त्यसैले अहिले सबै कुरा छोडेर कुर्सी छोडेर अनुसन्धानलाई सहयोग गर्नुपर्छ अनुजमणिले । होइन भने कुमारी बैंकले बनाएको ब्राण्ड, ब्याण्ड बाजा नबजाईकन ध्वस्त हुन बेर छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: