बेइजिङ । कथित सदाबहादर साझेदार पाकिस्तान र चीनबीचको समबन्धमा दरार देखिएको छ। चीनले पाकिस्तानलाई विभिन्न मुद्दाहरुमा अपमान गरेको आभाष भएपछि दुई मुलुकबीचको समबन्धमा दरार वैदा भएको हो।
चीन पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) र टेलिकम्युनिकेसनसम्बनधी चाइना मोबाइल पाकिस्तानका मामिलाका विषयमा दुई मुलुकबीचको सम्बन्ध बिग्रिएको हो। इजरायली सञ्चारयमाध्यम सेर्गोइ रेस्टेलीका अनुसार पाकिस्तान र चीनबीचको सम्बन्धमा अहिले हिमालभन्दा पनि अग्लो र सागरभन्दा पनि गहिरो दरार पैदा भएको छ।
उनीहरुले दुई मुलुकबीचको सम्बन्ध राम्रो देखाउन खोजे पनि पछिल्ला घटनाक्रमहरु र उनीहरुका गतिविधिहरुले भने सम्बन्ध राम्रा नभएको स्पष्ट पार्दछ। ६२ बिलियन अमेरिकी डलर बराबरको चीन पाकिस्तान आर्थिक करिडोरका लागि चीनले थप लगानी नगरेपछि चीन पाकिस्तान सम्बन्धमा समस्या सिर्जना भएको हो।
सीपीईसी सम्झौतामा चीन र पाकिस्तानले हस्ताक्षर गरेदेखि नै यसको कार्यान्वयन, पारदर्शीता, सार्वजनिक नगरिएका सेवा र शर्तहरु, ऋण प्रवाह, चिनियाँ कामदारहरुको अवस्था, बढ्दो ऋणभार लगायतका विषयमा छलफल भएको थियो ।
यसअघि सीपीईसी परियोजनामा भएको बम विस्फोटमा चिनियाँ कामदारहरु मारिएपछि चीनले ३८ मिलियन अमेरिकी डलरको क्षतिपूर्ति दाबी गरेको छ। पाकिस्तानलाई उक्त क्षतिपूर्ति दिन समस्या भइरहेको छ। पाकिस्तानमा पछिल्लो समय चिनियाँ नागरिकहरुमाथि दुव्र्यवहार हुन थालेपछि चीन पाकिस्तानप्रति कठोर बन्दै गएको हो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्