इस्लामावाद । पाकिस्तानमो खैबर पख्तुनख्वा प्रान्तमा रहेको केही प्रभावशाली व्यक्तिहरुले चीन पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा गरेका छन् । स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईका अनुसार खर्बौ रकम बराबरको हजारौं क्यानल जमिन अवैधरुपमा कब्जा गरिएको छ । द न्युज इन्टरनेशनलका अनुसार खैबर पख्तुनख्वा प्रान्तको भ्रष्टाचारविरोधी संस्था (एसीई)ले उक्त सीपीईसीको हजारौं क्यानल जमिनमा अवैध कब्जा भएको खुलासा गरेको हो ।
एसीईका सहयाक निर्देशक नासिर अलिले उक्त जमिन कब्जा गरेर अवैधरुपमा नै भौतिक संरचनाहरु बनाएको, विभिन्न आवासीय योजनाहरु सार्वजनिक गरिएको पाइएको छ । सरकारले उक्त क्षेत्रलाई यसअघि नै रशाकाई विशेष आर्थिक क्षेत्र घोषणा गरेको भए पनि उक्त जमिन कब्जा गरेर आवासीय योजनाहरु सार्वजनिक गरिएको पाइएको हो । एसीईले उक्त क्षेत्रको अनुगमनका क्रममा जमिन कब्जा गरेर बिक्रीवितरणसमेत सुरु गरिएको पाइएको छ । उक्त जमिनमा रेस्टुरेन्ट र फार्महाउसहरु पनि सञ्चालन गरिएका छन् । उक्त बस्ती पुरानोजस्तो र सहरीकरण भएकोजस्तो आभास हुने किसिमले बस्ती बसीरहेकोसमेत उनले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्