×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, रेटिङ एजेन्सी इक्राले दियो यस्तो रेटिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने, रेटिङ एजेन्सी इक्राले दियो यस्तो रेटिङ

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको को ऋणपत्र जारी गर्ने भएको हो । बैंकले १ हजार रुपैयाँ दरको १० लाख कित्ता ‘८.७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने २० हजार कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यो सात वर्षे बन्दमुखी योजना हो । उक्त ऋणपत्रमा न्यूनतम २५ देखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा मंसिर २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा पुस १ गतेसम्म आवेदन खुला रहने भएको छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्ने भएका छन् ।

यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । साथै यस संस्थामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी