×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १७.७८ प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गुराँस लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १७.७८ प्रतिशत लाभांश पारित

Artha Sarokar

२४ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको छैठौं वार्षिक साधारणसभा कात्तिक २४ गते बुधबार सम्पन्न भएको हो । उक्त सभाले १७.७८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट चुक्ता पुँजीको १६.९० प्रतिशत बोनस सेयर र ०.८८ प्रतिशत नगदसहित १७.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आव २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव पनि पारित गरेको छ । यस्तै सभाले आव २०७८/७९ का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ । कम्पनीले संस्थापक समूह ‘क’ अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजय कुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी