काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले १०.५२% लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ५% बोनस सेयर र कर प्रयोजनसहित ५.५२% नगद लाभांश गरी कुल १०.५२% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ नाफाबाट सो लाभांश दिन लागेको हो । सो लाभांश नियामक बीमा समिति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।
