Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंक लिमिटेडले गर्यो सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने घोषणा

अर्थ सरोकार

काठमाडौं । मेगा बैंक लिमिटेडले बोनस सेयर घोषणा गरेको छ । बैंकको मंगलबार दिउँसो बसेको सञ्चालक समिति बैठकले गत असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १२.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले नगद लाभांश सम्बन्धी निर्णय नगरेका कारण बोनसमा लाग्ने कर रकम भने सेयरधनी आफैंले व्यवस्था गर्नुपर्ने देखिएको छ । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र मेगाको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK