काठमाडौं । एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तमा फण्डको न्याभ ३ पैसाले बढेर प्रतिइकाई खुद सम्पति मूल्य १२ रुपैयाँ ७३ पैसा कायम भएको छ । असोज महिनासम्ममा फण्डको न्याभ १२ रुपैयाँ ७० पैसा रहेको थियो ।
यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फन्डको सेयर बजारमा लगानी घटेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी ३ करोड २५ लाख ९३ हजार रुपैयाँले घटेर ५६ करोड २ लाख ६ हजार रुपैयाँमा कायम भएको छ ।
यसअवधिमा फन्डले ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तको सेयरमा गरेको छ । छिमेकको १७ हजार ६९२ कित्ता सेयरमा ३ करोड ८ लाख ७२ हजार रुपैयाँ लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने १६ करोड २८ लाख रुपैयाँबाट बढेर २८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्