काठमाडौं । एनआइसी एशिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डको न्याभ २७ पैसाले बढेर प्रतिइकाई खुद सम्पति मूल्य १४ रुपैयाँ ५९ पैसा कायम भएको छ । असोज महिनासम्ममा फण्डको न्याभ १४ रुपैयाँ ३२ पैसा पैसा रहेको थियो ।
यस्तै कात्तिक मसान्तसम्ममा आइपुग्दा फन्डको सेयर बजारमा लगानी घटेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी १ करोड ५ लाख ५७ हजार रुपैयाँले घटेर ७६ करोड ४५ लाख ५५ हजार रुपैयाँमा कायम भएको छ ।
यसअवधिमा फन्डले ८० वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५० हजार ९१९ कित्ता सेयरमा ७ करोड ९३ लाख ८२ हजार रुपैयाँ लगानी गरेको छ । यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने २ करोड ५३ लाखबाट बढेर ५ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्