×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३७ पैसाले बढ्यो सानिमा इक्विटी फन्डको न्याभ, नबिल बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

३७ पैसाले बढ्यो सानिमा इक्विटी फन्डको न्याभ, नबिल बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । फण्डको कात्तिक मसान्तसम्म आइपुग्दा न्याभ ३७ पैसाले बढेर १७ रुपैयाँ ६८ पैसा कायम भएको छ । असोजमा फण्डको न्याभ १७ रुपैयाँ ३१ पैसा रहेको थियो ।

यसअवधिमा फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । एक महिनाको अवधिमा फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ४५ लाख २० हजार रुपैयाँले घटेर १ अर्ब ६७ करोड ९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै यसअवधिमा फण्डले ७९ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । नबिल बैंकको ५४ हजार ९०७ कित्ता सेयरमा ८ करोड ५६ लाख १३ रुपैयाँ लगानी गरेको हो । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात १ करोड ८९ लाख १० हजार रुपैयाँले बढेर ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी