Skip to content
LAXMI SUNRISE BANK

३७ पैसाले बढ्यो सानिमा इक्विटी फन्डको न्याभ, नबिल बैंकको सेयरमा सबैभन्दा धेरै लगानी

अर्थ सरोकार

काठमाडौं । सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । फण्डको कात्तिक मसान्तसम्म आइपुग्दा न्याभ ३७ पैसाले बढेर १७ रुपैयाँ ६८ पैसा कायम भएको छ । असोजमा फण्डको न्याभ १७ रुपैयाँ ३१ पैसा रहेको थियो ।

यसअवधिमा फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी भने घटेको छ । एक महिनाको अवधिमा फण्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ३ करोड ४५ लाख २० हजार रुपैयाँले घटेर १ अर्ब ६७ करोड ९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै यसअवधिमा फण्डले ७९ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । नबिल बैंकको ५४ हजार ९०७ कित्ता सेयरमा ८ करोड ५६ लाख १३ रुपैयाँ लगानी गरेको हो । यता पछिल्लो १ महिनामा फण्डको बैंक मौज्दात १ करोड ८९ लाख १० हजार रुपैयाँले बढेर ३५ करोड १८ लाख रुपैयाँ पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK