×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

Artha Sarokar

१७ कार्तिक २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको संस्थापक समूहको सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन सकिने भएको हो ।
 दुवै कम्पनीले कार्तिक ११ गते बिहीबारदेखि संस्थापक समूहको सेयर बिक्रीमा आएको हो । जसमा ज्योतिको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ ।
लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १५० रुपैयाँ र मञ्जुश्रीको सेयरमा २५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि कात्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी