काठमाडौं । आज मंगलबारसम्म एनएमबि बैंकसहित चार कम्पनीको सेयर किन्नेले लाभांश पाउने भएका छन् । मंगलबार एनएमबि बैंक, नेपाल एसबीआई बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी ४ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
एनएमबिले गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र करसहित ३.३% नगद गरी कुल १५.८% लाभांश वितरण गर्दैछ । बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सभा डाकेको छ ।
यस्तै नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्दैछ । बैंकले पुस २० गते त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।
यता छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २७% बोनस सेयर र कर प्रयोजन सहित ३% नगद गरी कुल ३०% लाभांश वितरण गर्दैछ । यसले पुस २३ गते मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजे सभा बोलाएको छ । गणपति लघुवित्तले गत वर्षको नाफाबाट १९% बोनस र कर प्रयोजनार्थ १% नगद लाभांश वितरण गर्दैछ ।
यस संस्थाले पुस १७ गते हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजे सभा डाकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्