×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोटलर्स नेपाल तराई र बालाजुको साधारणसभाको मिति तय, सेयरधनीको हात भने खाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बोटलर्स नेपाल तराई र बालाजुको साधारणसभाको मिति तय, सेयरधनीको हात भने खाली

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजुको वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । दुवै कम्पनीको सभा होटल ¥याडिसन, लाजिम्पाट काठमाडौंमा हुने भएको हो ।
बोटलर्स नेपाल तराईको बिहान साधारणसभा११ बजे सुरु हुनेछ भने बालाजुको दिँउसो ४ बजे सुरु हुनेछ । यो वर्ष दुवैले सेयरधनीअली लाभांश वितरण नगर्ने भएका छन् । जस अनुसार कम्पनीका सेयरधनी लाभांश पाउनबाट बञ्चित भएका छन् ।
साधारणसभामा दुवै कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव पेश गर्दैछन् । सभाका लागि दुवैले पुस २१ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएका छन् । तसर्थ पुस २० गतेसम्म कायम सेयरधनी मात्रै सभा सहभागी हुन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी