काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुल १५% लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७.५% बोनस सेयर र ७.५% नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिकसाधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यस कम्पनीले हाल कायम ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ चुक्ता पूँजीमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
