काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय कमनमार्ग, महाराजगञ्ज काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले १५% लाभांश दिने प्रस्ताव पेस गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ७.५% बोनस सेयर र ७.५% नगद गरी कुल १५% लाभांश दिन लागेको हो । कम्पनीले ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ४७ करोड १० लाख ५५ हजार ४४२ रुपैयाँनै नगद लाभांश बाँड्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । सभाका लागि कमपनीले पुस १५ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्नेछ । जस अनुसार पुस १४ गतेसम्म मात्र कायम सेयरधनीले मात्रै सो लाभांश पाउनेछन् ।