Skip to content
LAXMI SUNRISE BANK

सुन, चादी र घडी : नेपाली सार्बभौमसत्तामा किन्न खोज्नेको नया हतियार

अर्थ सरोकार

काठमाडौं । पछिल्लो समय चीन नेपाली सार्वभौमसत्ताका लागि खतरा बन्दै गएको छ । चीनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली राजनीतिमा हस्तक्षेप गर्दा सार्वभौमसत्तामाथि जोखिम बढ्दै गएको हो ।

नेपाली सार्वभौमसत्तामा खतरा पुर्याउने उद्देश्यले चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्रमा आफ्नो पहुँचको सक्रियता बढाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग प्रत्यक्ष रुपमा भेटघाट गरिरहेकी छन् ।

स्रोतका अनुसार बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको छ । चीन कुनै हिसाबले पनि कम्युनिष्ट पार्टी विभाजन नहुन् भन्ने चाहन्छ। चिनियाँ राजदूत यान्छी अहिले फेरि नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन सक्रिय भएकी छन्। उनले शीर्ष नेताहरुलाई भेटेर चीनको सन्देश प्रवाह गरिरहेकी छन् । स्रोतका अनुसार चीनले पछिल्लो समय तल्लोदेखि माथिल्लो तहका नेताहरुलाई समेत आफ्नो कब्जामा लिइरहेको छ । त्यस्तै चीनले कर्मचारीहरुलाई पनि आफ्नो वसमा गरिरहेको छ । जसकारण नेपालमा वर्षौंदेखि चीनले व्यवस्थित रुपमा भ्रष्टाचार गर्न सफल भइरहेको छ ।

स्रोतले भन्यो, सुन, नगद र महंगा सामान दिएर चीनले नेपाली कर्मचारी र राजनीतिज्ञहरुलाई आफ्नो कब्जामा लिइरहेको छ । विभिन्न सम्झौता, लगानी, सुन र महँगो सामानमार्फत सूचना चुहाउनका लागि नेपाली कर्मचारी र राजनीतिज्ञहरुलाई चीनले आफ्नो पक्षमा बनाइरहेको छ ।

कर्मचारीहरूलाई भ्रमण र तालिमको अवसर देखाएर चीनले आफ्नो बनाइरहेको छ । त्यस्तै चीनले सीमावर्ती अधिकारीहरू र संवेदनशील स्थानहरूमा रहेकाहरूलाई व्यवस्थित रूपमा चिनियाँ सामान र पैसामा निर्भर बनाइरहेको छ । र उनीहरुबाट आन्तरिक जानकारी चुहाउन बाध्य पारिरहेको छ । तल्लो तहका चिनियाँ अधिकारीहरूले पनि एक मिनेटको सूचनामा पार्टी अध्यक्ष र नेपालको राष्ट्रिय राजनीतिक नेतृत्वलाई बोलाउन सक्षम छन्।

त्यस्तै चीनले नेपालको मिडियामा पनि गोप्य रुपमा लगानी गरिरहेको स्रोतको भनाइ छ । चिनियाँ उत्तरी सीमा नाकाबन्दी, भ्रष्ट रणनीति, राजनीतिक हस्तक्षेप र खराब प्रदर्शनका विषयमा चीनविरुद्ध नेपालका मिडियो लेख्न डराइरहेका छन् । जसकारण नेपालको सार्वभौमसत्ता निकट भविष्यमा संकटमा पर्ने सम्भावन उच्च रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK