×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले दबाब दिन नसक्दा चीनमा चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीको भविष्य अन्योलमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरकारले दबाब दिन नसक्दा चीनमा चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थीको भविष्य अन्योलमा

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

चीन  । चीनका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा अध्ययनरत नेपाली विद्यार्थीलाई अध्ययनका लागि चीन फर्किन त्यहाँको सरकारले पछिल्लो दुई वर्षदेखि रोक लगाएको छ। कोभिड– १९ का कारण स्वदेश फर्किएका चीनमा चिकित्सा शिक्षा (एमबीबीएस/बीडीएस) अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । पढाइपछि इन्टर्नसिप सक्न केही महिना मात्र बाँकी रहँदा स्वदेश आएका उनीहरू २ वर्ष बित्न लाग्दा पनि फर्किन पाएका छैनन् ।

चीनमा सामाजिक शास्त्रदेखि प्राविधिक तथा चिकित्सा शिक्षा अध्ययन गर्न नेपाली विद्यार्थी गएका छन् । एमबीबीएसदेखि एमडीको अध्ययन सकेर इन्टर्न गर्न नपाएका विद्यार्थी सबैभन्दा धेरै मर्कामा परेका छन् । त्यस्ता विद्यार्थीको संख्या करिब तीन सय रहेको बेइजिङस्थित रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार करिब १२ सय नेपाली विद्यार्थीले चीनमा अध्ययनका लागि जाने अनुमति मागेका छन् । मेडिकल अध्ययन गर्न मात्रै करिब ६ सय विद्यार्थी चीन गएका छन् ।

कोभिड -१९ फैलिए लगत्तै नेपाली विद्यार्थीहरुको लागि चीनले सीमा बन्द गर्यो । त्यसको केही समयपछि चीनले नेपाली विद्यार्थीबाहेक अन्यलाई चीन आउनको लागि चिनियाँ खोप अनिवार्य गर्यो ।

०७६ माघमा नेपाल फर्केका विजय प्रधानको इन्टर्नसिप सकिन केही समय मात्र बाँकी थियो । तर, त्यसपछि फर्किनै पाएका छैनन् । ‘इन्टर्नका लागि हामीले धेरै प्रयास गर्‍यौँ, तर सुनुवाइ नभएर थकित भयौँ,’ उनले भने, ‘नेपालमा इन्टर्न गर्न पनि पाइएको छैन, चीनमा कहिले जान पाइन्छ भन्ने पनि अनिश्चित छ ।’ चीनको विश्वविद्यालयले भने नेपालमै इन्टर्न गर्न भनेको उनले बताए ।

त्यस्तै एमबीबीएस अध्ययनरत उषा सुवेदीको इन्टर्न सकिन पाँच महिना मात्रै बाँकी थियो । यतिखेर लाइसेन्स लिएर काममा लाग्नुपर्ने अवस्थामा अन्योलग्रस्त भएर बस्नुपर्दा तनाव भएको उनले बताइन् । केही समय इन्टर्न गरेका कारण उनले नेपाल मेडिकल काउन्सिलमा लाइसेन्सको परीक्षा पनि दिइसकेकी छिन् । तर, इन्टर्न पूरा नगरेका कारण परीक्षा पास गरे पनि लाइसेन्स पाएकी छैनन् । ‘असहज परिस्थितिले निम्त्याएको समस्या वर्षदिनसम्म समाधान भएको छैन, अब कति समय यस्तै समस्यामा गुज्रिनुपर्ने हो थाहा छैन,’ सुवेदीले भनिन् ।

कोभिड– १९ को जोखिम रहेसम्म चीनले विद्यार्थी फिर्ता सम्भावना कम छ । चिनियाँ दूतावासले तत्काल विद्यार्थी लैजाने सम्भावना कम रहेको र सम्भव भएसम्म नेपालमै प्रयोगात्मक कार्य गर्न आग्रह गरेको एक विद्यार्थीले बताए । कतिपय विश्वविद्यालयले अध्ययन सकेको डिग्रीसमेत दिइसकेकाले नेपाली विद्यार्थी लैजाने सम्भावना नरहेको उनले बताए ।

इन्टर्न गर्न मात्र बाँकी रहेका झन्डै दुई सय नेपाली विद्यार्थी रहेको अनुमान गरिएको छ । पीडित विद्यार्थीले समस्या समाधानका लागि पहल गर्न शिक्षा, परराष्ट्र, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग तथा नेपाल मेडिकल काउन्सिलमा समेत निवेदन दिएका छन् । इन्टर्नको बाँकी समय नेपालमै गर्ने व्यवस्था मिलाइदिनसमेत उनीहरूको आग्रह छ । तर, अहिलेसम्म कुनै पहल भएको छैन । चीनले नयाँ भिसा नदिँदा विद्यार्थीहरू अध्ययनका लागि फर्किन पाएका छैनन् ।

सरकार यस मुद्दालाई लिएर चीनसँग आधिकारिक कुरा गर्न सकेको छैन् । साथै नेपाली विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । सरकाले यस मुद्दालाई उठाउन वा यसबारे कुरा गर्न डराएको जस्तो व्यवहार गरिरहेको छ । सरकारले व्यक्तिगत अनुरोध गर्दा पनि चीनले कुनै चासो दिएको छैन । सरकारले यस मुद्दालाई लिएर चीनलाई कुनै दबाब पनि दिन सकेको छैन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी