×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी अध्यक्षले सेयरको ठूलो हिस्सा बोचेपछि एभरग्राण्डको सेयरमा गिरावट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कम्पनी अध्यक्षले सेयरको ठूलो हिस्सा बोचेपछि एभरग्राण्डको सेयरमा गिरावट

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चीन । चाइना एभरग्राण्ड ग्रुपका अध्यक्षले करिब ३४४ मिलियन अमेरिकी डलर उठाउन सो कम्पनीमा भएको आफ्नो सेयरको ठूलो हिस्सा बेचेपछि सोमबार सो कम्पनीको सेयरमा ४.८ प्रतिशतले गिरावट आएको छ । सो ग्रुपको लगानी रहेको चाइना एभरग्राण्ड न्यू इनर्जी भेइकल ग्रुप लिमिटेडको सेयरमा पनि ५ प्रतिशत गिरावट आएको छ । एभरग्राण्ड ग्रुपले सो कम्पनीमा पूँजी भित्राउन विभिन्न लगानीकर्ताहरुसँग उपायको खोजी गरिरहेको बताएसँगै कम्पनीको सेयरमा गिरावट आएको हो ।

३०० मिलियन भन्दा बढी ऋणभारका कारण एभरग्राण्ड ग्रुपलाई आफ्ना कम्पनीहरुको पूँजी वृद्धि गर्न हम्मेहम्मे परिरहेको छ । स्रोतका अनुसार सो ग्रुपका अधिकारीहरुले अध्यक्ष हुइ का यानलाई लगानीकर्ताहरुलाई तिर्न आफ्नो व्यक्तिगत सम्पत्तिको केही हिस्सा प्रयोग गर्न सुझाएका थिए । एभरग्राण्डले गत नोभेम्बर ६ मा ८२.५ मिलियन अमेरिकी डलर बराबरको व्याज रकम तिर्नै सकेन । लगानीकर्ताहरु सो कम्पनीले म्याद सकिन भन्दा ३० दिन अघिसम्म तिर्छ वा तिर्दैन भन्नेबारे अन्योलमा छन् ।

अध्यक्ष हुइले १.२ बिलियन सेयर औसत २.२३ हङकङ डलरमा बेचेको जानकारी कम्पनीले शुक्रबार मात्रै दिएको थियो । यो सँगै हुइको सो कम्पनीमा रहेको सेयर हिस्सा ७७ बाट ६७.९ प्रतिशतमा झरेको छ । बिगत केही महिना यता एभरग्राण्डमा आएको गिरावटले चिनियाँ प्रोपर्टी क्षेत्रमा असर पुगेको छ । फेन्टेसिया होल्डिङले सोमबार सो कम्पनीको सेयर ट्रडिङ रोक्का गरेको छ । कम्पनीले मंगलबार बाँकी रहेको ऋण सम्बन्धमा एक याचिका दायर गरेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी