चिन । आयकर विभागले ट्याक्स चोरीमा संलिप्त चिनियाँ मोबाइल फोन निर्माताहरूको भारतस्थित विभिन्न ठेगानाहरूमा छापामारी गरेको छ। चिनियाँ मोबाइल ओप्पो र एमआईको मुम्बई, दिल्ली, नोएडा, गुरुग्राम, बेङलुरु, हैदराबाद र अन्य शहरहरूमा स्थित कार्यालयहरूमा आयकर बिभागले एकैसाथ छापा हानेको छ।
सूत्रहरू अनुसार चिनियाँ मोबाइल कम्पनी एमआई र ओप्पोसहित धेरै अन्य कम्पनीहरूसित सम्बन्धित वरिष्ठ अधिकारीहरू, निदेशकहरू र सीएफओ आदि विरूद्ध छापा मारिएको हो। आयकर विभागले यी चिनियाँ कम्पनीहरूका कैयौ निर्माण एकाईहरू, करपोरेट कार्यालयहरू र गोदामहरूमा छापा मारेको छ ।
यसै वर्ष अगस्टमा उपकरण बनाउने चिनियाँ कम्पनी जेटीई विरूद्ध गरुग्राममा आयकर विभागले कारबाही गरेको थियो । आयकर विभागले ट्याक्स अनियमितताको पत्तो लागेपछि यो कारबाही शुरू गरेको हो। हालैमा मोबाइल फोन, लोन एप्लिकेशन र ट्रान्सपोर्ट बिजनेसमा सामेल धेरै चिनियॉं कम्पनीहरू विरूद्ध केन्द्रिय जाच एजेन्सीले कारबाही गरेको थियो।