चिन । आयकर विभागले ट्याक्स चोरीमा संलिप्त चिनियाँ मोबाइल फोन निर्माताहरूको भारतस्थित विभिन्न ठेगानाहरूमा छापामारी गरेको छ। चिनियाँ मोबाइल ओप्पो र एमआईको मुम्बई, दिल्ली, नोएडा, गुरुग्राम, बेङलुरु, हैदराबाद र अन्य शहरहरूमा स्थित कार्यालयहरूमा आयकर बिभागले एकैसाथ छापा हानेको छ।
सूत्रहरू अनुसार चिनियाँ मोबाइल कम्पनी एमआई र ओप्पोसहित धेरै अन्य कम्पनीहरूसित सम्बन्धित वरिष्ठ अधिकारीहरू, निदेशकहरू र सीएफओ आदि विरूद्ध छापा मारिएको हो। आयकर विभागले यी चिनियाँ कम्पनीहरूका कैयौ निर्माण एकाईहरू, करपोरेट कार्यालयहरू र गोदामहरूमा छापा मारेको छ ।
यसै वर्ष अगस्टमा उपकरण बनाउने चिनियाँ कम्पनी जेटीई विरूद्ध गरुग्राममा आयकर विभागले कारबाही गरेको थियो । आयकर विभागले ट्याक्स अनियमितताको पत्तो लागेपछि यो कारबाही शुरू गरेको हो। हालैमा मोबाइल फोन, लोन एप्लिकेशन र ट्रान्सपोर्ट बिजनेसमा सामेल धेरै चिनियॉं कम्पनीहरू विरूद्ध केन्द्रिय जाच एजेन्सीले कारबाही गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्