×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्त वित्तीय संस्थाद्वारा तेस्रो वार्षिक साधारणसभा पुस १० गते आह्वान, यस्ता छन् पेस हुने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धौलागिरी लघुवित्त वित्तीय संस्थाद्वारा तेस्रो वार्षिक साधारणसभा पुस १० गते आह्वान, यस्ता छन् पेस हुने प्रस्तावहरु

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको संचालक समितिको ५९औं बैठकले सभा धौलागिरी सामुदायिक स्रोत बिकास केन्द्रको सभाहल, उपल्लाचौर, बागलुङमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने लेखापरिक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसुचीहरुसमेत छलफल गरी पारित गर्ने प्रस्ताव साधारणसभा समक्ष पेश हुनेछ ।
सभाले खतिवडा दिपेश एण्ड एसोसियट्स चार्टड एकाउन्टटेन्स्, दिपेश खतिवडा नियुक्तिको लागि ग्राह्य हुने गरी पारित गर्नेछ । संचालक समिति सदस्यको नियुक्ती अनुमोदनको लागी साधारण सभा समक्ष पेश गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी