×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित २७ हजार २५७.२० कित्ता हकप्रद सेयर बुधबारदेखि लिलामीमा आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित २७ हजार २५७.२० कित्ता हकप्रद सेयर बुधबारदेखि लिलामीमा आउने

Artha Sarokar

२८ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले २७ हजार २५७.२० कित्ता हकप्रद सेयर भोलि बुधबारदेखि लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले सर्वसाधारण समूहको सो सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
सो सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सो सेयरमा आवेदन दिने अन्तिम म्याद भने पुस ७ गतेसम्म रहेको छ ।
बैंकले यसअघि असोज २५ देखि कात्तिम २१ गतेसम्म २४ लाख ३३ हजार ३६३.६७ कित्ता (३०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको सेयर बैंकले अहिले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाडौं, ललितपुर, पोखरा, बुटवल, बिरगञ्ज र बिराटनगर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी