×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइबीएल सहभागिता फन्डको न्याभ ११ रुपैयाँ ३४ पैसा, एनआइसी एसिया बैंकमा सबैभन्दा धेरै लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइबीएल सहभागिता फन्डको न्याभ ११ रुपैयाँ ३४ पैसा, एनआइसी एसिया बैंकमा सबैभन्दा धेरै लगानी

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंसिर मसान्तमा एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । यस फन्डको न्याभ कात्तिकको तुलनामा ९९ पैसाले घटेर ११ रुपैयाँ ३४ पैसा कायम भएको हो । कात्तिक मसान्तमा यसको न्याभ १२ रुपैयाँ ३३ पैसा रहेको थियो ।
सो फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि २ करोड ५५ लाख ४५ हजार रुपैयाँले घटेर २१ करोड २० लाख रुपैयाँ कायम भएको छ । कात्तिकमा यो फन्डले २३ करोड ७५ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको थियो । हाल यस फन्डले ३५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै एनआइसी एसिया बैंकको ३२ हजार ३४२ कित्ता सेयरमा २ करोड ३६ लाख ७४ हजार रुपैयाँ लगानी गरेको छ ।
यो एनआइबीएल सहभागिता फन्डको बैंक मौज्दात पनि घटेको छ । कात्तिकमा ७ करोड ३४ लाख रुपैयाँ बैंक मौज्दात रहेको यो फन्डको मंसिरमा घटेर ६ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यसको मुद्दति निक्षेपमा ७ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी