Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ३ हजार ६४५ कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३ हजार ६४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक सेयरधनी प्रदिप पन्तको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, पोखरा, कास्कीमा आइपुग्ने गरी निवेदन पेस गर्न बैंकले आग्रह गरेको छ ।
बैंकले तोकेको समयसम्म संस्थापकबाट निवेदन नआएमा प्रचलित नियम अनुसार उक्त सेयर अन्य व्यक्ति संघ संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK