Skip to content
LAXMI SUNRISE BANK

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वार्षिक साधारणसभा पुस २९ गते हुने

अर्थ सरोकार

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । कम्पनीले सभा गुहेश्वरी भवन, हरिहर भवन काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले १०% बोनस सेयर र कर प्रयोजनसहित ०.५३% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यस्तै, उपयुक्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।
यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि बनाएको छ । सभाका लागि यसले पुस २२ गते बुक क्लोज गर्नेछ । तसर्थ, पुस २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK