काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारणसभा पुस १४ गते हुने भएको छ । कम्पनीले सभा दिउँसो २ः३० बजे कम्पनीको रजिष्टर्ड कार्यालय गोल्छा हाउस गणबहालमा बोलाएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सो सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लाभांश स्वीकृत गर्ने र व्यवसायिक सामाजिक जिम्मेवारीका लागि छुट्याएको रकम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।