×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको वार्षिक साधारणसभा पुस २३ गते हुने, लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ज्योति विकास बैंकको वार्षिक साधारणसभा पुस २३ गते हुने, लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने !

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकको वार्षिक साधारणसभा पुस २३ गते हुने भएको छ । बैंकको सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे हुने भएको हो ।
सभामा बैंकले ११% बोनस सेयर र ४.५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ ।  अधिकृत पूँजी ५ अर्ब रुपैयाँबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सनन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हनेछ । बैंकले सभाका लागि पुस ९ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी