×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खानी खोला हाइड्रोपावरले एकैसाथ बोलायो सातौँ, आठौँ र नवौँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खानी खोला हाइड्रोपावरले एकैसाथ बोलायो सातौँ, आठौँ र नवौँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

Artha Sarokar

१ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकैसाथ ३ आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सातौँ, आठौँ र नवौँ वार्षिक साधारणसभा पौष ३० गते गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, पब्लिक तर्फ र सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिको कार्यकालको सम्बन्धमा लगायतका प्रस्तावहरू पारित गरिनेछ ।
यस्तै कम्पनीले सभा प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष ३० गतेसम्म बुक क्लाेज गर्ने निर्णय गरेकाे छ । जस अनुसार पाैष ८ गतेसम्म कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी