काठमाडौं । आज सोमबार महालक्ष्मी विकास बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस र कर प्रयोजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै निर्धन उत्थान लघुवित्तले गत वर्षको नाफाबाट २९.५% बोनस सेयर र कर तिर्न १.५५% नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । यता नेपाल हाइड्रो डेभलपर्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.५६% नगद लाभांश वितरण गर्दैछ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्