×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाष्ट रिमाइन्डर : महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका !

Artha Sarokar

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज सोमबार महालक्ष्मी विकास बैंकसहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी ३ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस र कर प्रयोजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै निर्धन उत्थान लघुवित्तले गत वर्षको नाफाबाट २९.५% बोनस सेयर र कर तिर्न १.५५% नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । यता नेपाल हाइड्रो डेभलपर्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.५६% नगद लाभांश वितरण गर्दैछ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी