×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न, ११.५ प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न, ११.५ प्रतिशत लाभांश पारित

Artha Sarokar

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गरेकाे छ । बैंकको पौष ८ गते सम्पन्न एक्काइसौं वार्षिक साधारणसभा साे लाभांशकाे प्रस्ताव पारित गरेकाे हाे ।
उक्त सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रूपैयाँ पुगेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
आ.व. २०७७/७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्याएकाे यस बैंकको वासलातको आकार १५२ अर्ब रूपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी