×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बुधबार हुँदै, ५० प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बुधबार हुँदै, ५० प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

२१ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा मंसिर २२ गते बोलाएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४७.५% बोनस सेयर कर प्रयोजनका लागि २.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी