काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा मंसिर २२ गते बोलाएको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा हिमालय दृश्य होटल, धुलिखेल, काभ्रेमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४७.५% बोनस सेयर कर प्रयोजनका लागि २.५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट दुई जना सञ्चाकको निर्वाचन, गरी नियुक्ति गर्ने, अन्य कुनै लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रक्रिया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर १८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्