काठमाडौं । मल्टिपर्पस फाइनान्सले आफ्ना सेयरधनीलाई १३.५२६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा र सेयर प्रिमियमबाट १३% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।
