काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको सभा पुस २९ गते हुने भएको हो । गत भदौ ७ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ ।
कम्पनीको सेयरमा संस्थापकतर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।