काठमाडौं । मेगा बैंकले आफ्नो सेयरधनीहरुको बैंक खातामा २.०७% नगद लाभांश जम्मा गरेको छ । बैंकले मंसिर १३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकले जनाएको छ । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
बैंकको मंसिर २८ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १०% बोनस सेयर र २.०७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।