×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मितेरी डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार पुस १३ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरणका लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । आज पुस १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
बैंकले पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान ११ बजे १६औं वार्षिक सधारण सभा डाकेको छ ।सभाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रस्ताव गरेको १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि सभामा राखिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी