×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरण गर्ने एजेन्डा पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो माघ ६ गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाभांश वितरण गर्ने एजेन्डा पारित गर्न नेशनल माइक्रोफाइनान्सले बोलायो माघ ६ गते वार्षिक साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा माघ ६ गते हुने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुने भएको हो । उक्त सभामा कम्पनीले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर तिर्न सहित ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने एजेन्डा पनि छ । यस्तै सभाका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । पुस २६ गतेसम्म कायम लगानीकर्ताले लाभांश पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी