काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई ७% बोनस सेयर दिने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समिति बैठकले ७% बोनस र कर प्रयोजनका लागि ०.५६% नगद लाभांश दिने निर्णय गरेको छ ।
यसर्थ कम्पनीले २ करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको रकम बोनसमा खर्च गर्नेछ भने ११ लाख १ हजार ५७८ रुपैयाँ नगद लाभांशसमेत वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
