काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३.३८९% नगद लाभांश आफ्ना सेयरधनीको बैंकमा खातामा जम्मा गरिदिएको छ । बैंकले बैंकले मंसिर ६ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो ।
मंसिर ६ गतेपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकले जनाएको छ। नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
बैंकको मंसिर १७ गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १२.६११% बोनस सेयर र ३.३८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्ने बैंकले ।