काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबार मितेरी डेभलपमेन्ट बैंक, नेपाल पुनर्बीमा कम्पनी र उन्नति सहकार्य लघुवित्तको बोनस सेयर मूल्य समायोजन भएको हो ।
मितेरी डेभलपमेन्ट बैंकको समायोजनपछिको भाउ ४४३ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ । नेप्सेले बैंकको १३.३०% बोनस सेयर समायोजन गरेको हो । गत आर्थिक वर्षको नाफाबाट यसले लगानीकर्तालाई १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने भएको छ ।
त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर समायोजनपछिको भाउ ११ सय ४ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । कम्पनीको १६.५०% बोनस सेयरपछिको भाउ समायोजन भएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६.५०% बोनस सेयर र कर प्रयोजनसहित २.५०% नगद लाभांश वितरण गर्ने भएको छ ।
उन्नति सहकार्य लघुवित्तको समायोजनपछिको भाउ १४ सय ८८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । यसको ३०%बोनस सेयर समायोजन भएको हो । गत वर्षको नाफाबाट कम्पनीले ३०% बोनस सेयर वितरण गर्ने भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्