काठमाडौँ । आज सोमबार नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, विजय लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । यी ३ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका हुन् ।
एनसीसी बैंकको समायोजनपछिको भाउ २६३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । नेप्सेले बैंकको ८% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । गत आर्थिक वर्षको नाफाबाट बैंकले ८% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्दैछ ।
विजयको सेयर मूल्य समायोजनपछिको भाउ नेप्सेले १२ सय ७२ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । कम्पनीको २०.०३% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यस्तै महुली लघुवित्तको समायोजनपछिको भाउ १५ सय २ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ ।
नेप्सेले कम्पनीको २६% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्