×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा शुक्रबार दुई वाणिज्य बैंकसहित ५ कम्पनीको सेयर मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा शुक्रबार दुई वाणिज्य बैंकसहित ५ कम्पनीको सेयर मूल्य समायोजन

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज शुक्रबार दुई वाणिज्य बैंकसहित ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, फरवार्ड लघुवित्त र गुडविल फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । यी ५ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले नबिल बैंकको समायोजनपछिको भाउ १ हजार ८५ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको ३३.६०% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यस्तै कृषि विकास बैंकको बोनस सेयर समायोजनपछिको भाउ ४१० रुपैयाँ निर्धारण भएको छ । बैंकको २०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो ।
हिमालयन डिस्टिलरीको बोनस सेयर समायोजनपछिको भाउ ३९ सय २५ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । नेप्सेले यसको ७५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यस्तै फरवार्ड लघुवित्त वित्तीय संस्थाको बोनस सेयर समायोजनपछिको भाउ १९ सय ६२ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ । यसको ३५% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । गुडविल फाइनान्सको बोनस सेयर समायोजनपछिको भाउ ५ सय ३३ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको ९.१०% बोनस सेयर समायोजन गरेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी